नेपालका प्रधानमन्त्री र मन्त्रीहरुको सुनको विवरणमा ‘तोला’ नलेखेर ‘किलोग्राम’ उल्लेख भएको भए बुझ्न र हिसाब गर्न सजिलो हुन्थ्यो । जस्तो कि-प्रमं बालेनसँग सुन २ किलो दुई पाउ १६ ग्राम ।
नेपालका केहि पत्रकारहरुले पत्रकारिताकै हुर्मत लिदै रहेछन् । कसैले फेसबुकमा ‘वर्षदिन अघि बलात्कृत भएँ’ भनेर लेखेकै भरमा पीडित, पीडकको भनाई समेत नराखि त्यति ठूलो समाचार ? पीडक भनिएकासँग दुई शव्द कोट लिनु पर्दैन ?
यो राज्यको लुटेरा नीति हो । काठमाडौँको दुई बैँकमा मेरो खाता छन् । केहि महिना अघि नेपाल जाँदा एउटा बैंकमा गएर अपडेट गर्न भ्याएँ, अर्कोमा गएर विवरण लिएँ तर खुट्टा फ्याक्चर भएकोले अपडेट गर्नको लागि फेरि जान भ्याइएन । अब मेरो खाताको रुपैँया सरकारले कब्जा गर्ने ? देश लुटेरा नबनोस् !
बालेन मन्त्रीपरिषदको १०० बुँदे कार्यक्रम सबले कपी-पेष्ट गरेको देख्छु । आफ्नो रेकर्डका लागि होला कि प्रचारको निम्ति ? तिमेरुले शेयर गर्नु अघि नै सेतोपाटी अनलाईनमा गएर पिडिएफ फर्म्याटमा पढिसकेँ क्या ।
Thank you, Starbucks Coffee Euless. I am grateful for your support in our Healthy Kitchen Garden initiative, especially in helping us promote home‑made compost fertilizer. I look forward to your continued support in similar campaigns.
@Starbucks
एउटा खसखस नि-कान्तिपुरले चुनाव गरेर प्रधान सम्पादक छनौट गरेको भए रास्वपाले नै जित्थ्यो होला है ? बरु व्यक्ति चाहि को हुन्थे होला ?
@anamolmani@narayanwagle@sudheerktm@amritna
मलाई सबैभन्दा खुशी चाहि यी ओभररेटेड पात्रले हार्दा लागेको छ । त्यस्तो अवस्थामा पनि हितेन्द्रदेव शाक्यमाथि वदला लिने यी पात्रलाई जनताले मुसी भव: को हैसियत सम्झाइदिए । अझ यिनको ‘कन्सिप्रेसी थ्यौरी’ हेर्नुस् न-अन्तर्राष्ट्रिय शक्ति लागे रे हराउन ।
घण्टीघण्टी भन्दै हिँड्ने एउटा साथीले मलाई गाली गर्दै एउटा मेसेज पठायो-‘हामीले बहुमत पायौँ भने शहीद दिवस चेन्ज गरेर भदौ २३ गतेलाई बनाउँछौँ । नचिन्ने र नदेखेकाको नाममा माघ १६ मनाइदैन अब ।’
के हुँदैछ क्या ?
नेपालमा अहिले रास्वपामा प्रवेश गर्दा घण्टी हातमा हल्लाउँदै बजाउने चलन रहेछ । एमालेमा प्रवेश गर्नेले के गर्नु - सूर्य बोक्ने ? कांग्रेस प्रवेश गर्नेले रुख उखलेर काँधमा हाल्नु ? 🤣
अमेरिकी नागरिकता र ग्रीनकार्डमा बसेर सबै सुविधा लिने । भोट पनि अमेरिकामै हाल्ने । अनि अमेरिकालाई ‘विदेश’ भन्ने पाखण्डी चाहि हामी ‘नेपालीभाषी’ मात्र त होला नि !
कांग्रेस र एमाले यसै उँधो लागेका कहाँ हो र ? मरिहत्ते गरेर अमेरिकामा कांग्रेसी जनसम्पर्कको पदाधिकारी बसेकाहरु बालेन-रवि गठवन्धनमा खुसी साट्दै शुभकामना भन्दैछन् । यी अवसरवादी कार्यकर्ता नचिन्नु पुराना दलका दुर्भाग्य !
यसो गमेर ल्याउँदा एमालेको महाधिवेशन हाम्रा नुवाकोटे विष्णु रिमाललाई पाखा लगाउन मात्र गरिएको जस्तो लाग्दैछ । नत्र ओली गुटका सबका सब जित्ने, रिमालले मात्र पदबाट हात धुनुपर्ने !