झापा–५ बाट निर्वाचित बालेन्द्र शाह लगायत अहिलेसम्म निर्वाचनमा विजय हासिल गर्न सफल सबै जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना।
जनताको विश्वास, माया र मतदानको निर्णयसँगै अब देशलाई सही दिशामा अघि बढाउने जिम्मेवारी हामी सबै नागरिकको काँधमा आएको छ।
निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र होइन, यो समृद्ध र सुशासनयुक्त राष्ट्र निर्माणतर्फको साझा प्रतिबद्धता पनि हो।
देश निर्माणको यस महत्वपूर्ण अभियानमा सबैले सकारात्मक सोच, सहकार्य र जिम्मेवारीका साथ, साथ र सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
हामी सबैको साझा अपेक्षा एउटै छ - उज्वल, समृद्ध र समुन्नत राष्ट्र। 🇳🇵