निलो आकाश हेरेर घण्टौ टोलाईरहन्छु !
पढेको केहि याद हुन्न र याद भएको कुरा कतै पढेको जस्तो लाग्दैन । लेख्दा होश हुन्न , होशमा हुँदा आफैले लेखेको शब्दहरूले आफैँलाई घोच्छ , पोल्छ , नमज्जाले चिथोर्छ चेतना लाटो हुन पुग्छ भ्रम र यथार्थ बिचको धमिलो पर्खाल कोतरिरहन्छ तर फोड्न सक्दैन…!!