काठमाडौ एरपोर्ट को अन्तराष्ट्रिय प्रस्थान मा के के परिवर्तन भयो?
१. ट्वाईलेटहरु अलिकति सफा, तर गन्ध उस्तै,
२. भिड सम्हाल्नै नसकिने, भित्र पनि, बाहिर पनि, बाहिर काउन्टर छिर्ने ढोका सम्म पुग्नै गाह्रो,
३. सुरक्षा जाँचका ट्रेहरु भद्रगोल,
४. उहि एउटै मात्र पसल र क्याफे, खानेकुराको अभाव, सिमीत प्रकार, तुच्छ बोलि, महंगो सामान,
५. एरपोर्ट वाईफाई बेकार, वल्डलिकको त झनै काम नलाग्ने,
६. प्रस्थान ईमिग्रेसनमा अलि व्यवस्थित सबै काउन्टरहरु चलिरहेको,
७. उत्तरपट्टीको ट्वाईलेट २ नं प्रस्थान गेट सम्म नै गन्हाउने,
८. रात्रीकालिन उडानको समय घटेकोले होला बस्ने सिटको कमि,
९. एसि ले राम्रो सित काम नगरि रहेको अवस्था,
१०. एरपोर्ट एनाउन्समेन्ट खराब, नबुझिने,
११. फोन चार्जिङ प्लगहरुको सिमीतता, ठुलो भिड,
१२. विशेष गरि युवा यात्रीहरुमा नेपालको झण्डा काँधमा, हातमा अनि झोलामा वा कम्मरमा बाँधिएको अवस्था |