@TalkVeda. Chair - Canadian Vedic Heritage. Food & Drug Scientist; अथर्ववेदाचार्यः TalkVeda, VedicBhela, CanadianReporters

Joined November 2009
3,522 Photos and videos
We are pleased to announce the release of the Medicated Oil Massage Manual (English Edition), now available as a free e-PDF on our website. You can access and download your copy here: talkveda.com/storage/images/… Developed at the intersection of advanced scientific research and traditional healing wisdom, this manual reflects a deep exploration into the relevance of nature-based therapies in modern healthcare. While working within Canada’s progressive ecosystem of agricultural innovation, herbal enterprise incubation, and applied research, a compelling realization emerged: despite rapid technological advancement, nature-aligned living and therapeutics remain essential for sustainable human health and future well-being. Guided by this insight, the work brings together modern scientific understanding with the enduring principles of Ayurveda and related traditional systems. In particular, it draws from the profound medical knowledge encoded in the Atharvaveda, highlighting time-tested practices such as touch therapy, oleation (medicated oil massage), and holistic body–mind care. This manual has been carefully structured to serve as a practical and professional guide for healing practitioners, wellness centers, and trainees seeking to incorporate medicated oil massage into their therapeutic offerings. It presents these ancient techniques through the lens of contemporary physiology, ensuring both relevance and applicability in today’s clinical and wellness settings. This work is dedicated to those committed to the healing arts—professionals who serve others through skilled touch, compassion, and a deep respect for the body’s innate capacity to restore balance.
1
64
सर्टिफाइड तालिम म्यानुअल प्रकाशित भएको सूचना। मेडिकेटेड तेल मसाज म्यानुअल [Medicated Oil Massage Manual] को अंग्रेजी र नेपाली दुवै संस्करणको ई–पीडीएफ प्रति हाम्रो वेबसाइटमा निःशुल्क उपलब्ध छ। आफ्नो प्रति अब सुरक्षित गर्न सक्नुहुन्छ। नेपाली प्रतिको लिंक: talkveda.com/storage/images/… अंग्रेजी प्रतिको लिंक: talkveda.com/storage/images/… क्यानडाको अत्याधुनिक कृषि, हर्बल उद्यम आइडिया इन्कुबेसन, अनुसन्धान तथा नवप्रवर्तन केन्द्रमा खाद्य तथा औषधि वैज्ञानिकका रूपमा 'कटिङ-एज' प्रविधिलाई मानवीयतामैत्री बनाउने कर्ममा लीन रहँदा मैले एउटा गम्भीर सत्य बोध गरेँ। विज्ञानको चरम विकास माझ पनि प्रकृतिमैत्री उत्पादन र जीवनशैली नै मानव अस्तित्वको सबैभन्दा ठूलो आवश्यकता र आगामी पुस्ताको निर्विकल्प माग हो। यही आत्मबोधले मलाई मेरो आधुनिक वैज्ञानिक दक्षतालाई हर्बल, आयुर्वेद र युनानी चिकित्सा पद्धतिको शाश्वत गहिराइसँग जोड्न प्रेरित गर्‍यो। आफूलाई अथर्ववेदाचार्यका रूपमा दीक्षित गर्ने क्रममा जब मैले अथर्ववेदका चिकित्सा-विज्ञान सम्बन्धी गहन सूत्रहरूलाई 'डिकोड' गर्न सुरु गरेँ, तब मेरो अगाडि एउटा स्पष्ट दृष्टि प्रकट भयो - हाम्रा पूर्वजहरूले हजारौं वर्षअघि नै स्पर्श चिकित्सा, स्नेहन (तेल मालिश), र औषधीय तेलका माध्यमबाट मानव शरीर र मनलाई निरोगी राख्ने जुन विधि विकसित गरेका थिए, त्यो आज पनि उत्तिकै प्रासंगिक र वैज्ञानिक रूपमा प्रमाणित छ। यस शाश्वत ज्ञानलाई आधुनिक विज्ञानको कसीमा राखेर व्यावसायिक चिकित्सकहरूका लागि एक व्यवस्थित निर्देशिकाको रूपमा प्रस्तुत गर्नु नितान्त जरुरी थियो। प्रकृति र समयले यो गहन जिम्मेवारी मेरो काँधमा सुम्पिदियो। यो पुस्तक ती समर्पित हिलिङ सेन्टर सञ्चालकहरू र मेडिकेटेड तेल मसाज प्रशिक्षार्थीहरूका लागि हो जसले आफ्नो हातको स्पर्शबाट अर्काको पीडा हर्ने महान् सेवामा जीवन अर्पण गरेका छन्। मैले आफ्नो क्षमताले भ्याएसम्म वैदिक स्नेहन विद्या र आधुनिक शरीरक्रिया विज्ञान (Physiology) लाई एकीकृत गरेर इमानदारिताका साथ प्रस्तुत गरेको छु।
1
81
नेपाली तोरीको तेल मालिसको करामत र तागत !!
1
6
176
के नै हुन्छ र माया दिएर, के नै हुन्छ र प्रेम लिएर लिएर न लिन मिल्ने, दिएर न दिन मिल्ने भावना र कल्पनामा दैनिकी जिएर। यो यात्रामा जो मित्र बने, दुनियाँले तिनलाई काँडा देख्यो पाइला पाइला मिल्यो साथ जसको समाजले उसैलाई अजनबी लेख्यो। न त गरिबीले रोक्न सक्यो, सुदामालाई कृष्णको मन छुन न त करिविले अवसर दियो राधालाई कृष्ण पत्नी हुन। न त रामलाई मातृबास्यल्लले रोक्यो, भरतको प्रिय अनुज हुन नरोक्ने छ तिमीलाई अपमानले, प्रभुको प्रिय भक्त हुन। के नै हुन्छ र माया दिएर, के नै हुन्छ र प्रेम लिएर नरोक्ने छ तिमीलाई दुरीले, प्रभुको प्रिय भक्त हुन।
1
41
महावीर दाइको 'इनोभेसन मन्त्री' यात्रा: अग्निपरीक्षा कि नयाँ बिहानी? मेरो प्रिय आत्मन्, नेपालको राजनीतिक आकाशमा यतिखेर एउटा नौलो दृश्य उदाएको छ। बालेन सरकारले हाम्रा प्रिय महावीर दाइलाई 'इनोभेसन मन्त्री'को जिम्मेवारी सुम्पेको छ, र उहाँको हातमा थमाइदिएको छ— कुल बजेटको एक प्रतिशत। संसारले कराउनेहरूलाई प्रायः यसरी नै शान्त पार्न खोज्छ। भीडले भन्यो— "महावीरले वर्षौंदेखि सत्य कुरा उठाउँदै आउनुभयो, उहाँलाई पद देऊ, बजेट देऊ!" अनि राज्यले मधुरो मुस्कानसहित भन्यो— "लौ, पद पनि लिनुभयो, बजेट पनि लिनुभयो; अब गरेर देखाउनुहोस्।" तर महावीर दाइ, म तपाईंलाई स्नेहपूर्वक सोध्न चाहन्छु— तपाईं कुनै मीठो भ्रममा त पर्नुभएको छैन? किनकि पद र पैसा हातमा आउनासाथ क्रान्ति जन्मिँदैन। यो त एउटा गहिरो अग्निपरीक्षाको आगो हो, जसको ठीक बीचमा तपाईं अहिले उभिनुभएको छ। र दाइ, यो परीक्षा तपाईं एक्लैको होइन— यो त सिंगो देशको अलमलको ऐना हो। तपाईंलाई लाग्ला, पद र पैसा पाएपछि बदलाव आउँछ। तर सत्य निकै निर्मम छ, दाइ। तपाईं अहिले आफैंलाई प्रमाणित गर्ने त्यो घडीमा उभिनुभएको छ, जहाँ संसारले हेर्दैछ— यिनी केवल बोल्ने मान्छे हुन् कि गरेर देखाउने मान्छे? तपाईंका चुनौती हिमालझैं अग्ला छन्। तपाईंको अगाडि उभिएको छ— पूर्वाधारको शून्य मरुभूमि, र देशको स्मरणशक्तिमा बसेको चेतनाको रित्तोपन। मलाई राम्ररी थाहा छ, तपाईंले वर्षौंको रगत-पसिना बगाएर खडा गर्नुभएको 'राष्ट्रिय आविष्कार केन्द्र' हजारौं युवाको सपना हो, असंख्य मनको आस्था हो। त्यसको पवित्र उद्देश्यलाई म शिर निहुराएर नमन गर्छु। तर दाइ, ठीक यहीँनेर मैले एउटा तीतो सत्य भन्नैपर्छ— र यो भन्दा मेरो मन पोलिरहेको छ। चन्दा र दानको भरमा बाँच्ने संरचना जतिसुकै प्रेरणादायी होस्, त्यसले सिंगो देशको नवप्रवर्तनको भार सधैंभरि बोक्न सक्दैन। दानले हृदय जोगाउँछ, तर दानले प्रणाली बनाउँदैन। किनभने इनोभेसनको मूल आत्मा नै "धेरै असफलता, र तीमध्ये बीचमा एउटा ठूलो व्यावसायिक सफलता" हो। तर हाम्रो सरकारी प्रणालीमा असफलता "बेरुजु" बन्छ, अख्तियारको फाइल बन्छ। जहाँ असफलतालाई दण्ड दिइन्छ, त्यहाँ कुनै इनोभेटरले जोखिम उठाउँदैन। अनि जोखिमबिना नयाँ केही जन्मँदैन, दाइ। महावीर दाइ, एउटै केन्द्रमा सम्पूर्ण देशको आशा थुपार्नु भनेको 'Single Point of Failure'लाई आफैं निम्तो दिनु हो। तपाईंको नेतृत्व, तपाईंको चन्दा, वा तपाईंको मन्त्री पद एक पटक डगमगाउनासाथ यो सिंगो प्रयास तासको महलझैं भत्किनेछ। व्यक्ति महान् हुन सक्छ— र तपाईं साँच्चै महान् हुनुहुन्छ— तर कुनै पनि व्यक्ति आफैं संस्था वा प्रणाली बन्न सक्दैन। यो मेरो आरोप होइन, यो त समयको नियम हो। अनि सोच्नुहोस् त दाइ— तपाईं काठमाडौँको एउटा मन्त्रालयको कुर्सीमा बसेर हुम्लाको जडीबुटी, इलामको चिया र मुस्ताङको पर्यटनको फरक-फरक प्रविधिगत आवश्यकतालाई कसरी एकैसाथ अँगाल्न सक्नुहुन्छ? इनोभेसन त विकेन्द्रित (Distributed) हुनुपर्छ— कुनै केन्द्रको योजना वा एउटै कोठाको सनकमा होइन। बजेटको एक प्रतिशत त एउटा अंक मात्र हो, दाइ। जबसम्म बजारको अनुशासन र संकेत (Market Feedback Loop) हुँदैन, सरकारी पैसाको कुनै अर्थ रहँदैन। सरकारले "विजेता छान्ने" काम सधैं गलत गर्छ— त्यो काम बजारलाई नै छोडिदिनुपर्छ। र चार-पाँच वर्षको राजनीतिक चक्रमा फेरिने मन्त्री पदले दशकौंको धैर्य माग्ने इनोभेसन-संस्कृतिलाई न्याय गर्नै सक्दैन। तपाईंले हिजोसम्म जे गर्नुभयो, त्यसले देशभर "इनोभेसन चाहिन्छ" भन्ने चेतना जगायो— यो सानो काम होइन। तर मन्त्री बनेर फेरि उही पुरानै ढर्राको सरकारी आविष्कार केन्द्र खोल्ने वा चन्दाको पैसा बाँड्ने मात्र हो भने, दाइ, तपाईंको यात्रा पनि इतिहासका पुराना असफल पानाहरूजस्तै हुनेछ। र म चाहन्नँ, यो देशले तपाईंलाई त्यसरी बिर्सोस्। यदि तपाईं साँच्चै यो अग्निपरीक्षाबाट खारिएर निस्कन चाहनुहुन्छ भने, दाइ, तपाईंले आफैं 'इन्जिन' बन्ने भ्रम त्याग्नुपर्छ। राज्य वा मन्त्रीको भूमिका इन्जिन बन्ने होइन— इन्जिनलाई जगाउने पहिलो 'स्फुलिङ्ग' अर्थात् झिल्को बन्ने हो। तपाईंले त "माली" (Gardener वा De-risker) को भूमिका खेल्नुपर्छ— जसले आफैं हरेक बिरुवा रोप्दैन, तर उपजाऊ माटो, सिँचाइ र सुरक्षित वातावरण सुनिश्चित गरिदिन्छ। माली नै सबैभन्दा ठूलो हुन्छ, दाइ, माली नै सबैभन्दा धैर्यवान् हुन्छ। र तपाईंको अगाडि एउटै मात्र व्यावहारिक र वैज्ञानिक मार्गचित्र छ: Innovation Supercluster Approach। मेरो पुस्तकमा ति कुरा मैले प्रष्ट लेखेको छु। जुन मेरो व्यवहारिक अनुभव हो। त्यसमा काम गरिरहेको समयको साक्षात अनुभूति हो। नेपाल सम्पदामा यति धनी भएर पनि आर्थिक प्रतिफलमा किन यति दरिद्र छ? किनकि यहाँको ९०% जडीबुटी कच्चै रूपमा विदेश पुग्छ। किसान एक्लै संघर्ष गर्छ, प्रशोधक एक्लै छटपटाउँछ, र अनुसन्धानकर्ता बजारको यथार्थबाट टाढिएर प्रयोगशालामा कागज मात्र छाप्छ। यही खण्डित संरचनालाई तोड्न, दाइ, तपाईंले देशलाई तीनवटा सशक्त 'हर्बल र प्रविधि सुपरक्लस्टर'मा बदल्ने आँट गर्नुपर्छ: १. तराई र उपोष्ण क्षेत्रीय सुपरक्लस्टर: लुम्बिनी र मधेश प्रदेशमा अश्वगन्धा, शतावरी र मेन्था जस्ता वनस्पतिको ठूलो परिमाणमा खेती र आधुनिक प्रशोधन (Supercritical CO₂ Extraction)। २. मध्य पहाडी कृषि-वनस्पति प्रशोधन केन्द्र बागमती र गण्डकी प्रदेशमा अमला, टिमुर र चिराइतो जस्ता क्षेत्रबाट Functional Foods र Nutraceuticals को विकास। ३. हिमालयन उच्च-मूल्य सुपरक्लस्टर: कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली भेगमा यार्सागुम्बा, कुटकी र जटामसी जस्ता बहुमूल्य सम्पदाको दिगो संकलन, जैविक प्रमाणीकरण (Organic, GMP, GFSI Standards), र प्रिमियम विश्व बजारमा पहुँच। दाइ, विश्वविद्यालयहरूलाई इनोभेसनको कारखाना बनाउने भूल नगर्नुहोला— उनीहरूको काम ज्ञान र प्रतिभा (Talent Supply) दिने मात्र हो, बजारमा उत्पादन बेच्ने होइन। तपाईंले त प्रत्येक प्रदेशमा निजी Co-creation र प्रविधि हस्तान्तरण केन्द्रहरू (Idea Incubation, Startup Accelerators, र Disruptive Innovation Centers) फस्टाउने पारदर्शी अनुदान-वातावरण (Grant Support) बनाइदिनुपर्छ। जब सरकारले बीउ दिन्छ अनि किसान वा निजी क्षेत्रले फसल उमार्छ— तब मात्र साँचो क्रान्ति जन्मन्छ। इजरायलको Yozma Fund र फिनल्यान्डको Business Finland ले यसरी नै संसार जितेका हुन्, आफैं कारखाना खोलेर होइन। महावीर दाइ, अन्त्यमा निर्णय तपाईंकै हातमा छ— मन्त्रीको कुर्सीमा बसेर फाइल मिलाउने नोकरशाह बन्ने कि देशमा इनोभेसनको नयाँ पर्यावरण (Ecosystem) जन्माउने 'माली' बन्ने? भीडको ताली र राज्यको एक प्रतिशत बजेट— यी दुवै तपाईंका लागि मायाले बाँधिएको पासो पनि हुन सक्छन्, जसले तपाईंलाई "गफ मात्र गर्ने मान्छे" सावित गरिदिन उद्धत छन्। म त्यो दिन देख्न चाहन्नँ, दाइ। अब बोल्ने पालो सकियो। तपाईं आफैंले लेख्नुभएको "नवप्रवर्तन" को धरातलमा खुट्टा टेकेर, निर्मम भई गरेर देखाउने पालो आएको छ। कि त यो अलमलिएको मुलुकको व्यवस्थाले तपाईंलाई पनि आफ्नै फिक्का रंगमा रंगाएर भुत्ते बनाइदिनेछ— कि त तपाईंले प्रविधिको बलियो जगमा 'ब्रान्ड नेपाल'लाई विश्व बजारमा गर्वका साथ स्थापित गर्नुहुनेछ। मेरो हृदयदेखिको कामना छ: यो अनौठो अग्निपरीक्षामा तपाईंलाई होश, विवेक र अटल धैर्य प्राप्त होस्, महावीर दाइ ! हामी सबै तपाईंको सफलताको प्रतीक्षामा छौं।
2
155
“सुरा रस म्यानुअल [Surā Rasā Manual]” talkveda.com/storage/images/… आजको दुनियाको माग, भोलिको बजारको आवश्यकता र दिगो इनोभेसनको सूत्र यही हो कि यदि तिमी रक्सीकै व्यापार गर्छौ भने पनि औषधीय रक्सी बनाऊ। लोकल रक्सीलाई लाइसेन्स त दिनु, तर तिनीहरूले हालको स्वास्थ्य बिगार्ने होइनन्, कम्तिमा फ्याट्टी लिभर नहुने, औषधीय गुण भएको, र रक्सीको असुर गुणलाई सामान्य पार्ने किसिमको बनाऊ, ताकि संसारमा तिम्रो सामानको माग होस्, तिम्रो व्यवसाय नडुबोस्, साथै समाजको उन्नतिमा पनि तिम्रो भूमिका होस्। यो पुस्तकले रक्सी जस्तो सुरा रसको क्षेत्रमा समेत त्यो कसरी लागू गर्न सकिन्छ, त्यसको आयुर्वेदीय र वैज्ञानिक आधार तपाईँलाई दिनेछ।
56
लै बारी लै बरि लै बरि लै ............। लै लै लै लै लै .................. सागर भन्दा गहिरो , सोच भन्दा बिसाल मन मिठास दिने मौनता, अधैर्यको मुर्ति तन को हौ तिमि, किन आयौ, गुज्रिन यो, काँचो सहर । नजिक हुँदा, बन्छौ निराश, पर हुँदा, भेट्ने रहर । बोलेर त यो बाटोमा, दिल छुने धेरै थिए मुस्कुराई दिल घायल, गरि दिने कमै रहे सपनाको रोदनमा, करुणा मोह देखाउने कलेजीले मुटु चिरी, तिष्णा आफ्नै मेटाउने। भाग्य भए, फूल पनि, काँडा बनि सिकाउने एकै मुटु, दुई बनि, कर्म फल दिलाउने मानिसको भिड भित्र, किन एक्लो बृहस्पति मन मौजी अखडामा, तडपिने चित्त वृति । सागर भन्दा गहिरो , सोच भन्दा बिसाल मन मिठास दिने मौनता, अधैर्यको मुर्ति तन को हौ तिमि, किन आयौ, गुज्रिन यो, काँचो सहर । नजिक हुँदा, बन्छौ निराश, पर हुँदा, भेट्ने रहर । लै बारी लै बरि लै बरि लै ............। लै लै लै लै लै .................. को हौ तिमि, किन आयौ, गुज्रिन यो, काँचो सहर नजिक हुँदा, बन्छौ निराश, पर हुँदा, भेट्ने रहर ।
2
48
प्रकाशक नोट (Publisher's Note) निनोभेसन दृष्टिपत्र: The Ninnovation Manifesto नेपालको हर्बल इनोभेसन दृष्टिपत्र २०२६ नेपाल। २,३३१ प्रजातिका औषधीय वनस्पतिहरूको खजाना बोकेको देश। हजारौं वर्षको आयुर्वेदिक ज्ञानको उत्तराधिकारी। तर आज पनि ९०% जडीबुटी कच्चै निर्यात हुन्छ, मूल्य अभिवृद्धि अर्काको हातमा जान्छ, र हामी गरिबीको उही चक्रमा घुमिरहन्छौं। यो पुस्तक त्यो चक्र भाँच्ने नक्सा हो। यसमा के छ? ऋग्वेददेखि आधुनिक Nutraceuticals सम्मको ज्ञान यात्रा। Innovation Supercluster Approach जसले नेपाललाई विश्वको Herbal Innovation Hub बनाउन सक्छ। GFSI, Halal, Kosher, Vegan, Non-GMO जस्ता अन्तर्राष्ट्रिय प्रमाणीकरणको मार्गदर्शन। Co-creation Centers र Grant Support को प्रमाणित मोडेल। पाँच वर्षे कार्ययोजना (2028-2033) जसले $१ Billion निर्यातको सपनालाई यथार्थमा बदल्न सक्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, नेपालको भू-धरातलीय यथार्थलाई निर्मम रूपमा सम्बोधन गर्ने साहस। एक नेपालीले यो किन पढ्ने? किनभने यो पुस्तक रुवाबासीको कथा होइन, समाधानको नक्सा हो। किनभने हाम्रो माटोमा उम्रने एक किलो यार्सागुम्बा विदेशमा गएर दुई लाख डलरमा बिक्छ, तर हाम्रो किसानले पाउने पाँच हजार मात्र हो। किनभने हाम्रा छोराछोरी विदेशमा अरूको जागिर गर्न जान्छन् जब उनीहरूकै माटोमा अरबौंको सम्भावना गाडिएको छ। किनभने अब "के गर्ने?" भन्ने बहाना चल्दैन, यो पुस्तकले "कसरी गर्ने?" भन्ने बाटो देखाउँछ। यो पुस्तक नीति-निर्माता, उद्योगपति, किसान, युवा उद्यमी, अनुसन्धानकर्ता, र नेपालको भविष्यप्रति चिन्तित हरेक नागरिकका लागि हो। यो आजै प्रकाशितभयो। आजै उपलब्ध छ।ज्ञान सितैमा उपलब्ध गराउने हाम्रो रोबोटिक गुरुकुल अभियान अन्तर्गत। 📥 YOUR FREE COPY DOWNLOAD: यो लिंक बाट गर्नुहोस् talkveda.com/storage/images/… अथर्ववेदाचार्यः नारायण घिमिरे खाद्य तथा औषधि विज्ञ, क्यानडा
4
90
Narayan Ghimire (अथर्ववेदाचार्यः) retweeted
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु । हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ । @hamrorabi
1,496
6,347
56,949
3,016,009
Download your VEDA-BASED CERTIFIED SOUND THERAPY PRACTITIONER Comprehensive Training Manual Free e-copy at talkveda.com/storage/images/…
1
1
41
Narayan Ghimire (अथर्ववेदाचार्यः) retweeted
Nepal's ruling party Rastriya Swatantra Party Chief Rabi Lamichhane meets India's Home Minister Amit Shah in Delhi
6
70
1,588
24,620
Narayan Ghimire (अथर्ववेदाचार्यः) retweeted
Thank you, Shri @NiitinNabin ji, for the warm hospitality extended to me and the RSP delegation at the BJP headquarters today. It was an insightful experience to engage with the BJP leadership, including General Secretary Shri Arun Singh Ji, Foreign Department Head Dr. Vijay Chauthaiwale Ji, and Delhi Chief Minister Smt. Rekha Gupta Ji, under the 'Know BJP' initiative. This exchange of perspectives on party-to-party relationships and fostering the role of new-generation leadership marks a significant step forward. We look forward to building upon this foundation to further deepen ties between Nepal and India.
KNOW BJP पहलअन्तर्गत भाजपा मुख्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) नेपालका सभापति श्री रवि लामिछानेज्यू तथा उहाँसँग आउनुभएको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा र उहाँहरूसँग संवाद गर्न पाउँदा खुशी लागेको छ। BJP–RSP बीच पार्टी-टु-पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भयो। उहाँहरूलाई भाजपाको शीर्ष तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचनाबारे जानकारी गराइयो। साथै सदस्यता विस्तार, उम्मेदवार छनोट प्रक्रिया तथा जमीनी तहका कार्यकर्तासँग भाजपाको गहिरो सम्बन्धका बारेमा उठाइएका प्रश्नहरूको उत्तर पनि दिइयो। माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको नेतृत्वमा विकास र जनसेवामा भाजपाको शासन मोडेलको केन्द्रमा कसरी रहेका छन् भन्ने विषयमा पनि विस्तृत छलफल भयो। @hamrorabi @party_swatantra
30
206
1,771
66,446
Narayan Ghimire (अथर्ववेदाचार्यः) retweeted
It was wonderful to meet with India’s External Affairs Minister, @DrSJaishankar, in New Delhi today. We held a constructive dialogue on strengthening Nepal–India relations, focusing on our development partnership, and multifaceted engagements.
A pleasure to meet Nepal's Rastriya Swatantra Party Chairperson Rabi Lamichhane and his delegation today in Delhi. Our discussions focused on the 🇮🇳🇳🇵development partnership and people-to-people ties. These have a crucial role in promoting growth and prosperity. @hamrorabi @party_swatantra
60
243
2,364
62,299