मेरो लाइन पनि यही हो! मानौँ जङ्गलको बीचमा अचानक पिसाब लागेर कसैले गाडी रोकेर पिसाब नै गर्यो भने पनि प्रदुषण नै चाँही भइहाल्छ जस्तो लाग्दैन! तर जङ्गलको बीचमा गाडी रोकेर सबै प्यसेन्जरलाई पिसाब फेराउन चाँही हुन्न 😁
नेपालका हाइवेहरूको १५-२० किलोमिटरमा प्राय: बस्ती नै छ। चियाचमेना, कफी शपहरू छन्, त्यहाँ टोइलेटहरू पनि छ। बरू सार्वजनिक टोइलेट चाहिने चैं शहरभित्र नै हो।
साँच्चि, बालेन्द्र साहले काठमाडौंका धेरै रेस्टुरेन्टको टोइलेटलाई सार्वजनिकरुपमा उपयोग गर्न पाइने भनेका थिए, त्यो के भएछ?