हामीले प्रायः सुन्छौं
“सत्यमा अन्धो”, “सुन्न नचाहने कान”, “अर्थतन्त्र पक्षाघात भयो”, “लूलो बहाना”...
तर सोच्नुस् - यी वाक्यहरूले के सन्देश दिइरहेका छन्?
अपाङ्गतालाई कमजोरी, असफलता वा अज्ञानताको प्रतीक बनाइरहेका छैनन् र?
अपाङ्गता रूपक होइन -यथार्थ हो।
जब हामी यसलाई नकारात्मक अर्थमा प्रयोग गर्छौं, हामीले अपाङ्ग व्यक्तिहरूको वास्तविक जीवन र सम्मानलाई चोट पुर्याइरहेका हुन्छौं।
👉रूपक होइन, सम्मानपूर्वक भाषा प्रयोग गरौं।
“सत्यमा अन्धो” होइन-“ सत्यलाई बेवास्ता गर्ने” भनौं।
“अर्थतन्त्र पक्षाघात भयो” होइन - “अर्थतन्त्र संकटमा छ” भनौं।
भाषा नै हाम्रो सोचको ऐना हो।
अपाङ्गतालाई अपमान होइन, विविधता र दृढताको प्रतीकका रूपमा स्वीकार गरौं।
#InclusiveLanguage #RespectMatters #DisabilityAwareness #Nepal
यो देशका ९२% मानिस, जसमा पठित तर अशिक्षित (अर्थात् विश्वविद्यालयको प्रमाणपत्र धारी तर वास्तविक ज्ञानको धरालतमा कमजोर)हरू जन्मजात अपाङ्गता भएका व्यक्तिप्रति विभेदकारी मानसिकता राखेर हुर्केका छन्।
अपाङ्गता हुनु भनेको पूर्णरुपमा अशक्तताको अवस्था हो, यिनले केही गर्न सक्दैनन वा गरिखाँदैनन भनेर चिन्तन राख्छन्।
ट्वीटरमै मलाई बारम्बार खेदो गर्ने एउटा झुण्ड छ। जब जब म अपाङ्गता भएका व्यक्तिप्रतिको संवेदनशीलताको विषय उठाउँछु अनि शब्दकोषमा छ त भनेर शब्दकोष देखाउँछ।
शब्दकोषमा अरु पनि शब्द छन्, मैले तिनै शब्द तिनको टाइमलाइनमा हाल्दा पच्छ?