नेपाल सरकारले नेपाल–भारत सीमा नाकाबाट प्रवेश गर्दा व्यक्तिगत प्रयोजनका लागि रु. १०० (एक सय रुपैयाँ) भन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था गरेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) हुँदै प्रवेश गर्दा भने यात्रुले २५ ग्राम सुन, रु. दुई लाखसम्मको मोबाइल फोन र ३२ इन्चसम्मको टेलिभिजन सेट भन्सार छुटमा ल्याउन पाउने व्यवस्था छ, यसले एउटै देशका नागरिकबीच भौगोलिक आधारमा असमान व्यवहार हुदै आएकोले तथा मधेश र तराईका नागरिकको दैनिक जीवन, आर्थिक स्वतन्त्रता तथा संवैधानिक समानताको हक हनन भएकोले सो नीति खारेज गर्न माग गरि हामी अधिवक्ता आमितेश पंडित, अधिवक्ता आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले आज सर्वोच्च अदालतमा PIL (मुद्दा नं. ०८२-WO-१२०५) दायर गरेका छौँ।
✊ न्यायको लागि सर्वोच्चमा दस्तक!
हवाईजहाजबाट आउने → VIP सुविधा
स्थल मार्गबाट आउने → उपेक्षा र भेदभाव
एउटै राहदानी, एउटै संविधान —
तर सुविधा फरक फरक?
यो कस्तो लोकतन्त्र हो?
🗣️ जनताको प्रश्न सरकारलाई:
१. स्थल मार्गका यात्रु के दोस्रो दर्जाका नागरिक हुन्?
२. संविधानले दिएको समानताको हक कहाँ गयो?
३. कहिलेसम्म चल्छ यो VIP संस्कृति
🇳🇵 “संविधानमा सबै नागरिक समान छन् —”
यो कागजमा मात्र होइन, व्यवहारमा पनि देखाउनु पर्छ!
आवाज उठाउनेलाई सलाम —
न्याय अवश्य आउँछ! ✊
@PM_nepal_ @ShahBalen
#JayJanta #Righttolive